आज साँझ दीप प्रज्वलन गर्न सरकारको आह्वान

 बैशाख २५, २०७७


तुलसीपुर,२५ बैशाख ।

सरकारले आज साँझ दीप प्रज्वलन गर्न मुलुकभरका नागरिकलाई आह्वान गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू अग्र भागमा बसेर काम गरिरहेका छन् । बुद्ध जयन्तीका दिन घरमा नै बसेर दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको हो ।

तपाईंको प्रतिक्रिया