दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

 बैशाख २६, २०७७

बुटवल, २६ वैशाख  । 

कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ ।
बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि भुम्वईवाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए ।

स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया