बैंकमा हुने भिडभाड कम गर्न जुटे सामाजिक संघसंस्था

 बैशाख २६, २०७७


शिव पुन,तुलसीपुर,२६ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाबाट सामाजिक सुरक्षा भत्ता ल्याउन बैंकमा आउदा भिडभाड बढेपछि सामाजिक संघ संस्थाहरुले न्युनिकरणमा प्रयास थालेका छन । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले अहिले देशमा बन्दाबन्दी जारी गरेको छ । तर,यसरी भिडभाड बढ्दै जादा कोरोना भाइरसको जोखिम बढ्दै जांदा तुलसीपुर क्षेत्रमा क्रियासिल सामाजिक संघसंस्थाले सामाजिक दुरि कायम राख्दै भिडभाड व्यवस्थापनमा जुटेका हुन ।


यसैक्रममा लायन्स क्लब अफ दाङ तुलसीपुर र लियो क्ल्ब अफ दाङ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं १४ र १५ बाट सामाजिक सुरक्षा भत्ता निकाल्न सिभिल बैंक तुलसीपुरमा आएका सयौं जेष्ठ नागरिकलाई आवश्यक सहयोग गरेका थिए । यसका साथै कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका बारेमा जनचेतना समेत दिइएको थियो।

लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञ बहादुर केसीको अगुवाइमा भएको कार्यक्रममा लायन्सका उपाध्यक्ष गणेश अधिकारी,सदस्य नरेशराज भण्डारी, पुर्व अध्यक्ष विमल रिजाल, लियो क्लब अफ दाङका प्रथम उपाध्यक्ष शिव पुन ,द्वितीय उपाध्यक्ष राजेन्द्र महतरा,सचीव सन्तोष केसी लगाएतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया