धारियो हतियार प्रयोग गरि आमा र बुबाको हत्या

 बैशाख २६, २०७७


तुलसीपुर,२६ बैशाख ।

तेह्रथुमको फेदाप गाउँपालिका पाँच साबिक इसिबुमा एक सिङ्गला टोलका एक युवाले धारिलो हतियार प्रहार गरि दुई जनाको हत्या गरेका छन् । हिजो साँझ वर्ष २० को कञ्चन लिम्बुले आफ्नै ४२ वर्षका बुबा रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ वर्षका रुपेनी लिम्बुको धारिलो हतियार प्रहार गरि हत्या गरेका छन् ।

दुबै जानाको हत्या गरे लगतै फरार भएका लिम्बुलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्ग संयुक्त टोली र स्थानीय बासिले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइएको छ । घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिनु भएको छ ।

तपाईंको प्रतिक्रिया