दंगीशरणमा कक्षा ८ को परिक्षाफल प्रकाशित , यसरी हेर्न सकिन्छ नतिजा

 बैशाख २७, २०७७


दिप्तीशिखा चौधरी,दंगीशरण,२७ बैशाख ।
दंगीशरण गाउँपालिका स्तरीय शिक्षा शाखाले आधारभुत तह कक्षा ८ को परीक्षाफल शुक्रबार प्रकाशीत गरेको छ । परीक्षा समितीको बैठकले परीक्षफल प्रकाशित गर्ने निर्णय गरे अनुशार परीक्षाफल प्रकाशित गरिएको दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।

परीक्षाफल लेटर ग्रेडिङ्ग प्रणालीमा रहेको र iemis.gov.np मा गई विद्यालयले आफनो विद्मालयको Profile log in गरी Report मा गई Veiw class 8 Ledger मा गएर हेर्न सक्नेछन् । त्यस्तै हाल जस्ताको तस्तै नतिजा अपलोड गरिएकाले कुनै विधार्थीको ब्यक्तिगत विवरण फरक पर्न गएमा दंगीशरण गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न सकिने पनि परीक्षा संञ्चालन समितिका सदस्य सचिव सीताराम भण्डारीले जानकारी दिएका छन् ।

थप जानकारीका लागी लकडाउन अवधि सकिए पश्चात शिक्षा शाखामा सम्पर्क गर्न समेत सकिने छ । गत फाल्गुन २८ गते देखि चैत्र ५ गते सम्म लिईएको परीक्षामा सामुदायीक तर्फका २ सय ४२ जना र सस्ंथागत तर्फका १ सय ११ जना विधार्थीले परीक्षा दिएका थिए । दंगीशरण गाउँपालिका भित्रका ७ वटा सामुदायीक तथा ६ वटा सस्ंथागत गरी जम्मा १३ वटा विद्यालयका ३ सय ५३ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

तपाईंको प्रतिक्रिया