राप्तीमा ६ जनाको रिपोर्ट नेगेटिभ

 बैशाख २७, २०७७


ओमप्रकाश गुप्ता, सिसहनियाँ २७ वैशाख ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ को ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । कामको शिलशिलामा भारतको नौगढबाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटाका ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरूको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर र चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । नतिजा नेगेटिभ आएपछि थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि घर पठाइएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा क्वारेन्टाइन संयोजक जगतबहादुर थापाले जानकारी दिएका छन्। उनीहरू विहिवार भारतबाट कृष्णनगर वोडर सम्म साइकलमा त्यस पछि कृष्णनगरबाट चन्द्रौटा सम्म पैदल यात्रा र चन्द्रौटाबाट राप्ती गाउँपालिका सम्म गाडी चढेर आएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया