अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा पक्राउ

 बैशाख २८, २०७७

तुलसीपुर,२८ बैशाख ।

धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार शनिबार बिहान धनगढी उपमहानगरपालिका–६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट चौधरीले अश्लील भिडियो र फोटो आफन्त र साथीहरुलाई पठाएका थिए । अश्लील भिडियो र फोटाहरु सार्वजनिक भएपछि युवतीले आत्महत्या गरेको उजुरी प्रहरीमा परेपछि चौधरीलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक बस्नतेले युवकको मोबाईलमा सार्वजनिक भएको अश्लील भिडियो, फोटा, र फेसबुक आईडी समेत लगईन अवस्थामै भेटिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको छ ।

सिलापत्रबाट

तपाईंको प्रतिक्रिया