‘मायालु प्रियशी’ सार्वजनिक

 बैशाख २८, २०७७

काठमाडौं । लकडाउनको समयमा पनि गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको गीत सार्वजनिक गरेका छन् । पप भर्सनको यो गीतमा स्वर मगरको छ, भने प्रजित रानाको शब्द छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानले दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय देख्न सकिन्छ । कर्मा ब्याण्डका गायक सुरेन्द्रमान सिंहको छायाँकन रहेको नन्दु मिश्रले लगानी गरेका छन् । प्रजीत रानाले भिडियोको निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिक्रिया