बजारमा हुने भिडभाड रोकौं

 बैशाख २८, २०७७


तुलसीपुर,२८ बैशाख ।

विश्वभर फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गएको चैत ११ गते देखि गरिएको लकडाउन जारी छ । पछिल्लो पटक सरकारले जेठ ५ गते सम्म लकडाउन थप गरेको छ । नेपालमा कोरोना संक्रमित बढे संगै यसको जोखिम उत्तिकै छ । कोरोना भाईरसबाट जोगिन थालिएको लकडाउन कार्यान्वयन नहुदा भयावय अवस्था आउन सक्ने भनिएतापनि तुलसीपुर बजारमा लकडाउन खुले जस्तै गरि भिडभाड भएको पाईएको छ । तुलसीपुरमा खाद्यान्न , तरकारी तथा फलफुलका पसल दैनिक दुई घण्टा खुल्दै आएका थिए । शुक्रवार प्रहरीले केहि ब्यापारी माथि दमन गरेको भन्दै तुलसीप्ुर उद्योग बाणिज्य संघ विरोधमा उत्रियो ।

संघले शनिवार कुनै पसल नखोल्ने निर्णय गरि ब्यावसायीले कुनै पसल खोलेनन । शनिवार साँझ पख उद्योग बाणिज्य संघको हलमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल,प्रहरी प्रमुख,उपमहानगरका कावा नगर प्रमुख नवराज लामिछाने,संघका अध्यक्ष विर बहादुर रावतका विचमा आईतवारबाट पसल खोल्ने निर्णय भयो । तर आज तुलसीपुर क्षेत्रमा अत्यधिक भिडभाड भयो । विहान ८ बजे सम्म मात्रै खुल्ने भनिएका पसल साढे ९ बज्दा पनि बन्द भएनन् । बजारमा किनमेल गर्ने र अन्य नागरीकपनि आवत जावत गरिरहे ।

अघि पछिको तुलनामा मोटरसाईकल पनि चलिरहे । तुलसीपुर बजारको आज विहान अवेर सम्मको दृष्य हेर्दा लाग्थ्यो की लकडाउन खुले जस्तो । यो अवस्थामा पसल बन्द गराउदै हिड्ने प्रहरी पनि देखिएनन् । अनावस्यक रुपमा हिडडुल गर्नेलाई चौकमा रोक्दै केरकार गर्ने प्रहरी पनि मौन बस्यो । बजारमा यसरी भिडभाड हुदा पनि प्रहरी मौन बस्दा यँहाका कतिपय नागरीकहरु उद्योग बाणिज्य संघले चालेको कदम प्रति असन्तुष्टि देखिए । संघले समेत यसबारेमा कुनै चासो दिएन ।

आफ्नो श्वास्थ्य सुरक्षा लाई ख्याल नगरि लकडाउन पालना गराउन खोज्ने प्रहरीलाई संघले सम्मान गरेन बरु दमन भन्दै विरोध मै किन उत्रियो ? लकडाउनका कारण हरेक क्षेत्र यतिवेला प्रभावित बनेको बेला संघका कृयाकलापले कोरोना रोकथाममा असहयोग गरेको नागरीकले महुसुश गर्न थालेका छन । घोराहीमा हप्तामा तीन दिन अतिआवस्यक पसल खोल्दा तुलसीपुरमा बाणिज्य संघले दैनिक रुपमा पसल खोल्ने निर्णय गर्दा संघ प्रति प्रश्न खडा भएको थियो ।
विश्व नै कोरोना संग जुधिरहेको बेला सुरक्षा निकायको मनोवल गिराएर अघि बढ्नुभन्दा प्रहरीबाट गल्ती भएकै भए आवस्यक समन्वय गरि अघि बढ्नुपर्र्ने आवस्यक थियो ।

तर लकडाउन पालना आफ्नै लागि हो भन्ने चेतना नागरीक स्तरमा समेत नभएको यो अवस्थामा प्रहरीले गरेको क्रियाकलपाल विरुद्ध जादा बजारमा भिडभाड बढेकोले जोखिम निम्त्याएको छ । तसर्थ यसप्रति संघले आफ्ना क्रियाकलाप सच्याउदै कोरोना रोकथामका लागि गरिएको लकडाउनको पालना गर्दै सेवा दिई प्रहरी प्रशासन संग हातेमालो गरि अघि बढ्ने बाताबरण मिलाउनु पर्दछ ।।

तपाईंको प्रतिक्रिया