प्रहरीको मान्छे हुँ भन्दै साइबर अपराध गर्ने बढे

 बैशाख ३०, २०७७

काठमाण्डौ – पछिल्लो समय साइबर अपराध बढ्दै गएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । नचिनेका मानिसले आफू साइबर अपराध अनुसन्धान तथा साइबर सेक्युरिटिको मान्छे भन्दै व्यक्तिगत सूचना तथा फोटो पठाउन भन्ने गरेको पाइएकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो ।

अहिले कतिपय मानिसले आफू प्रहरीको मान्छे भन्दै अपराध गरिरहेकाले नचिनेका मानिसको त्रासमा नबस्न पनि प्रहरीले आग्रह गरेको छ । प्रहरीले कसैले दुख दिए वा धम्काए नजिकैको प्रहरी कार्यालय वा साइबर व्यूरोमा सम्पर्क गर्न भनेको छ । यस्तै मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गरेर आफ्ना समस्या टिपाउन पनि प्रहरीको अनुरोध छ ।

तपाईंको प्रतिक्रिया