नेपालमा फेरि १७ जनामा कोरोना देखियो, संक्रमित २०८ पुग्यो

 बैशाख ३०, २०७७

काठमाडौं,३० बैशाख।

मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।

गाेरखापत्रअनलाइन बाट

तपाईंको प्रतिक्रिया