टेलिकमको आम्दानी घट्यो

 बैशाख ३०, २०७७

बैशाख ३०।

पछिल्लो समय नेपाल टेलिकमको आम्दानी घटेको छ। टेलिकमले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक(माघ–चैत)को तथ्याङ्कले घटेको देखाएको हो।

गत आर्थिक वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले २७ अर्ब ५० करोड ६० लाख ७५ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको छ।

यो गत आवको तुलनामा २.४३ प्रतिशतले कमी हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले आम्दानीमा असर गरेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार लकडाउनका कारण कम्पनीको आयमा कुल ६६.९ करोड बराबरको नकारात्मक असर परेको छ।

तपाईंको प्रतिक्रिया