अनेरास्ववियूको विजौरीमा प्रदर्शन

 बैशाख ३१, २०७७


तुलसीपुर,३१ बैशाख ।

अनेरास्ववियू जनता क्याम्पसले विजौरीमा विरोध प्रदर्शन गरेको छ । भारतले नेपाली भुमी लिपुलेक हुदै मानसरोवर जोड्ने बाटो निर्माण गरेको र कालापानी लिपुलेक लिम्पियाधुरा कब्जा गरेको बिरोधमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा अनेरास्ववियु दाङका सह संयोजक सर्जन परियार,विद्यार्थी नेता विराज डिसी,गणेश खड्का,राहुल ऐर,विमल बुढा लगाएतका विद्यार्थी हरुलाई प्रहरिले धरपकड तथा नियन्त्रणमा लिएको थियो । सामाजिक दुरी कायम गरि भारतिय हस्तक्षेप मुर्दावाद, लिपुलेक हाम्रो हो, जस्ता पम्प्लेट देखाउदै नारावाजी गर्दा नियन्त्रणमा लिईएको थियो ।

उनिहरुलाई प्रहरीले राति नै रिहा गरेको थियो । देश र राष्ट्रियताको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्न नपाउनु दुखद पक्ष भएको सहसंयोजक परियारले बताए ।

तपाईंको प्रतिक्रिया