टोलटोलमै सामाजिक सुरक्षा भत्ता

 बैशाख ३१, २०७७

तुलसीपुर ,३१ बैशाख ।

सुर्खेत खाडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाका टोल–टोलमै पुगेर वितरण सुरु गरेको छ ।

कार्यविधिअनुसार दोस्रो चौमासिकको भत्ता टोलमै पुगेर वितरण थालिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण लाभग्राहीलाई टोल–टोलमै पुगेर भत्ता वितरण थालिएको हो ।

खाँडाचक्र नगरपालिका-१ देखि ११ वडामध्ये वडा नम्बर २ बाट वितरण कार्य सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले जानकारी दिए । सामाजिक सुरक्षा बैकमार्फत वितरण गरिने भनी प्रयास गरिए पनि भौगोलिक विकटताका कारण सबैको खाता खोल्न सम्भव नभएको उनले बताए ।

कतिपयको खाता खोली खातामा रकम पठाइसकिएको र खाता खोल्न बाँकी रहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता लकडाउनको बेलामा भए पनि जोखिम मोलेर वितरण गर्न थालिएको उनको भनाइ छ । ‘अन्य वडामा पनि वितरणका सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया