थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४५ पुग्यो

 जेठ ०१, २०७७

तुलसीपुर ,१ जेठ ।

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरूको अवस्था अहिले सामान्य रहेको छ ।

यो सँगै नेपालमा संक्रमितको कुल संख्या २ सय ४५ पुगेको छ । जसमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।  

तपाईंको प्रतिक्रिया