विश्वभर ज्यान जानेको संख्या ३ लाख नाघ्यो

 जेठ ०२, २०७७

काठमाण्डौ,२ जेठ ।
विश्वका विभिन्न देशमा गरी १७ लाख भन्दा धेरै कोरोनाका बिरामी निको भएका छन् । विश्वका विभिन्न देशमा गरी ४५ लाख २४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख ३ हजार बढि निको भएको वर्ल्डओमिटरले जनाएको छ ।

वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका २५ लाख १६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।

३ लाख ३ हजार जनाको भने ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे १४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा साढे ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ । २ हजार ६ सय बढिको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया