चरेससहित २ जना पक्राउ

 जेठ ०३, २०७७

धादिङ । गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट आज एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा गजुरी –२ का ३७ वर्षीय टेकबहादुर तामाङ र २६ वर्षीय विकास तामाङ रहेका छन् । उनीहरुलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ

तपाईंको प्रतिक्रिया