दाङका दुई कोरोना संक्रमित बेलझुण्डी अस्पतालमा

 जेठ ०३, २०७७

अरुण कुमार नेपाली,तुलसीपुर ३ जेठ । कोरोना संक्रमित २ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डीमा लगिएको छ । दाङ गढवा गाउँपालिकाका उनिहरुलाई गयराति नै क्वारेन्टाइनबाट विशेष अस्पताल लगिएको अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन । गाउँपालिकाको वडा नम्बर ४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा शुक्रवार कोरोना पुष्टि भएको हो । उनिहरु रोजगारको सिलसिलामा भारत गएका थिए । त्यसपछि कृष्णनगरमा क्वारेण्टाईनमा बसे र यँहा आएपछि पनि फेरी क्वारेण्टाईनमा राखिएको थियो ।

संगै आएका चार जना मध्ये दुई जनामा शुक्रवार कोरोना पोजिटिभ देखिएको थियो । अरु दुई जना क्वारेण्टाईनमा रहेको अध्यक्ष यादवले जानकारी दिए । यस्तै अर्का संक्रिमित तुलसीपुर ७ का पुरुष काठमाण्डौ निवासि रहेको जनाईएको छ । उनि काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत कर्मचारी रहेको खुलेको हो ।

तपाईंको प्रतिक्रिया