आज २७औं मदन-आश्रित स्मृति दिवस

 जेठ ०३, २०७७

तुलसीपुर,३ जेठ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ । भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले दिवस मनाउदै आएका छन । यद्यपी यस बर्ष महामारीका रुपमा फैलिएको कोरोना भाईरसले कार्यक्रम प्रभावित हुने देखिएको छ ।

नेपाल बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण रहेको छ । आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

विक्रम संवत् २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया