आगलागीमा परि रुकुममा एक महिलाको ज्यान गयो

 जेठ ०३, २०७७


तुलसीपुर,३ जेठ ।
रुकुमपश्चिममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका–३, खदीमाआजबिहानपौने ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुखप्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा उहाँका श्रीमान डम्बर देवकोटा घाइते हुनुभएको छ । घाइते देवकोटाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीनतलाको ६ कोठे घरमा बिहान खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया