दंगीशरणमा बन्यो थप १३ बेडको क्वारेन्टाईन, ६ जना क्वारेन्टाईनमा

 जेठ ०४, २०७७

दिप्तीशिखा चौधरी, दंगीशरण,४ जेठ ।
दंगीशरण गाउँपालिकाले १३ बेडको क्वारेन्टाईन थप गरेको छ । पालीकामा जिल्ला बाहिरबाट मानीसहरु भित्रीन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गरेको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका वडा न। ३ मा रहेको बिरेन्द्र मा।वि। हेकुलीमा २३ बेडको क्वारेनटाईन रहेको छ ।
यसैबिच क्वारेनटाईनमा आज थप दुई जना थपीएका छन् ।

दुई जना थपीएपछि अहिले क्वारेन्टाईनमा ६ जना रहेका छन् । शनीबार मात्र दुई जनालाई क्वारेन्टाईनमा राखिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । सल्यान बाट दंगीशरण गाउँपालिका वडा न। ३ मा आफन्तको घरमा आएकि सल्यान कुमाख गाउँपालिकाबाट आएकि ४० बर्षिय एक महिला र दंगीशरण गाउँपालिका वडा न। ५ का ५८ बर्षका एक पुरुष बाहिरी जिल्ला बाट आएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।

तपाईंको प्रतिक्रिया