एक वडा, एक क्वारेन्टाइन बनाऔं

 जेठ ०४, २०७७

तुलसीपुर,४ जेठ ।
विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा पनि फैलिदै छ । पहिलो पटक संक्रमितको मृत्यु भई सकेको यो अवस्थामा २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । ३६ जना उपचार पछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । भारतबाट दैनिक जसो भित्रिने क्रम बढे सगैं यसको जोखिम पनि बढेको छ । भारतमा रेल चलेपछि रोजगारीका लागि गएका घर फर्किदै छन । बाँके र कपिलबस्तुको सिमा क्षेत्रमा आएकाहरु अहिले आ आफ्नो घर फर्किदै छन ।

यसरी उनिहरु धमाधम घर फर्किने क्रम बढेपछि उनिहरुलाई राख्न क्वारेण्टाईनमा बेड थप गर्नुपर्ने देखिन्छ । यसका लागि दाङमा सबै पालीकामा क्वारेण्टाईन बेड थप्ने निर्णय भईसकेको छ । यसका लागि हरेक पालीकाले यसको तयारी थालिसकेका छन । पालीकाले बनाएका क्वारेण्टाईनमा अहिले पनि विभिन्न ठाउबाट आएकाहरु बसेका छन । दैनिक रुपमा भारत लगायत अन्य ठाउबाट आउने बढेपछि उनि हरुलाई राख्नका लागि क्वारेण्टाईनको अभाव हुन सक्छ ।

यसका लागि पालीका संगै हरेक वडा सरकार समेत यसमा अग्रसर हुनुपर्ने देखिन्छ । अव वडा भित्र एक वडा, एक क्वारेन्टाइन बनाउने तयारी गर्नुपर्ने देखिन्छ । भोली अझ भयावह अवस्था आउन सक्छ । यसका लागि पहिल्यै तयारी गर्नुपर्ने देखिन्छ । वडामा रहेका बिद्यालय लगायत उपयूक्त स्थान खोजि गर्न लाग्नुपर्छ । जंहा वडामा आएकाहरुलाई राख्न अझ सहज हुने छ । यसमा स्थानिय स्तरबाट समेत सहयोग हुन सक्छ ।

घर नजिकैको क्वारेण्टाईनमा बस्दा उनिहरुलाई सहज पनि हुन्छ । यसमा स्थानियले भारत वा जिल्ला बाहिर देखि आएका जोकोहिलाई क्वारेन्टाइनमा बस्ने बतावरण बनाउनुपर्छ । कपिय क्वारेण्टाईनमा बस्न आनाकानि गर्छन तर उनिहरुलाई जसरी पनि क्वारेण्टाईन सम्म पुर्याउन सहयोग गर्नुपर्छ । (रावत तुलसीपुर उपमहानगरपालीकाका मेयरको सचिवालय प्रमुख हुन )

तपाईंको प्रतिक्रिया