चेल्सी स्टार ओडोई किन पक्राउ परे

 जेठ ०५, २०७७

एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउन उल्लंघन गर्दै अवेरसम्म बाहिर रहेका कारण ओडोईलाई एक महिला मोडलसँगै पक्राउ गरेका हुन् । इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरका अनुसार हड्सन र एक महिलालाई आइतबार बिहान ४ बजे पक्राउ गरिएको बताएको छ । पुलिसको रिपोर्ट अनुसार हड्सनले पेन्टहाउसमा महिलालाई बोलाएको र घट्नामा एक एम्बुलेन्स पनि प्रयोग गरिएको बुझिएको छ ।

प्रहरी प्रवक्ताका अनुसार प्रहरी र लन्डन एम्बुलेन्स सेवालाई महिलाले आइतबार बिहान ३ः५३ मा बोलाएको थियो । उनलाई अस्पता पु¥याइएको थियो । जहाँ एक पुरुषलाई घट्नास्थलमा पक्राउ गरिएको थियो । महिला अस्पतालामा तथा पुरुष हिरासतमै छन् ।

यस विषयमा अनुसन्धान जारी राख्न प्रहरी हड्सनतर्फ नै फर्किएको छ । दि सनका अनुसार हड्सन र ति महिलाको भेट अनलाइनमा भएको पुष्टि भएको छ । हड्सनले ति महिलालाई आफ्नै घरमा भेट्न आमन्त्रित गर्दै उनीलाई लिनको लागि साधन पठाइएको बुझिएको छ । उनीहरुले अपार्टमेन्ट खुशी आदन प्रदान गरिएको पाइएको उनीहरुका छिमेकीले बताएका छन् । छिमेकीका अनुसार ति मोडल निकै नै ‘ग्लयामरस’ रहेको र उनले लुइस विटनको ब्याग बोकेकी थिइन् ।

लन्डन क्लब चेल्सीले यसबारे बुझिरहेको बताएको छ । उनी कोरोना संक्रमण हुने पहिलो इंग्ल्यान्डका खेलाडी बनेका थिए । उनलाई गएको मार्चमा कोरोना पुष्टि भएको थियो । अप्रिलमा उनी कोरोनामुक्त भएका थिए । उनलाई यसै साताबाट प्रशिक्षणमा फर्कन क्लबले निर्देशन दिएको थियो ।

तपाईंको प्रतिक्रिया