बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ ०५, २०७७

तुलसीपुर ,५ जेठ ।

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे ।

यश सङै स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक-एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन्

तपाईंको प्रतिक्रिया