मेयर पाण्डेले भने, बजारमा भिडभाड नगर्नुुस्

 जेठ ०५, २०७७

तुलसीपुर, ५ जेठ ।

तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपर बजारमा भिडभाड नगर्न आग्रह गरेका छन् । अाज एक प्रेस बिज्ञप्ति जारि गरि उनले यस्तो अाग्रह गरेका हुन । बजारमा दैनिक जसो उपभोग्य सामान किनमेल गर्नेको भिडभाड बढेकाे भन्दै गुनासो हुन थालेपछि नगर प्रमुख पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

बिहानको समयमा अत्यावश्य पसलहरु खुल्दा बजारमा बढी भिडभाड नगर्न तथा सामाजिक दुरी कायम राख्न अनुरोध गर्दै नगर प्रमुख पाण्डेले लकडाउनको पालनासंगै सरसफाईमा ध्यानदिन आवश्यक रहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया