कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १९ हजार नाघ्यो

 जेठ ०६, २०७७

काठमाडौं,६ जेठ ।

विश्वभर कोरोना भाइरस संक्रमणबाट जीवन गुमाउनेको संख्या मंगलबार बिहानसम्म ३ लाख १९ हजार ९ सय पुगेको छ । मंगलबार बिहान साढे ६ बजेसम्म संक्रमितको संख्याको ४८ लाख ८७ नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

१९ लाख ४ हजार ६ सय बढी उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा छन् । अमेरिकामा मृृत्यु हुनेको ९१ हजार ९ सय संख्या नाघेको छ । त्यहाँ १५ लाख ५० हजार १ सय बढी संक्रमित छन् । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा दुई लाख ४६ हजार ६ सय बढी संक्रमित छन् ।

कोरोना भाइरसबाट इटालीमा ३२ हजार भन्दा बढी, स्पेनमा २७ हजार ७ सय भन्दा बढी, फ्रान्समा २८ हजार २ सय भन्दा बढी, रुसमा दुई हजार ७ सय भन्दा बढीले जीवन गुर्माका छन् छ । जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि कोरोनाले ठूलो संख्यामा मानवीय क्षति भएको छ । छिमेकी मुलुक भारतमा ३ हजार १ सय ५६ को मृत्यु भएको छ । भारतमा एक लाख भन्दा बढी संक्रमित छन् ।

तपाईंको प्रतिक्रिया