तुलसीपुरका बैंक ! निर्णय एकातिर काम अर्कोतिर

 जेठ ०६, २०७७

तुलसीपुर,६ जेठ ।

तुलसीपुरमा साताको तीन दिन बैंक तथा वित्तिय संस्थाहरु खुल्ने निर्णय गरेतापनि बैंकहरुले आफु खुसी बैंक हरु खोल्ने गरेका छन । बैंकमा अध्यधिक भिड भएको गुनासो आएपछि तुलसीपुर उपमहागरले तुलसीपुरका बैंकहरु संग छलपलल गरि साताको ३ दिन बैंक खोल्ने निर्णय गरेको थियो ।

हप्ताको आइतबार,मंगलवार र विहीवार बैंक खुल्ने भनिएतापनि बैंकले आफ्नै तरीकाले बैंक खोल्ने गरेका छन । यसले गर्दा ग्रामीण भेगबाट आउने सर्बसाधरणहरु मर्कामा परेका छन । आज बैंक खुल्ने जानकारी पाएर आएकि तुलसीपुर ११ उरहरी की एक बृद्धा ज्योती विकास बैंक बन्द भएपछि निरास हुदै फर्किएकि थिईन । बैंकका कर्मचारीले खुल्दैन भनेर उनलाई गेटबाट फर्काएका थिए । उनि जस्तै मुत्तीनाथ बैकले समेत निर्णयको पालना नगरि आज बैंक नखोलेपछि सर्बसाधरण बैंक सम्म आएपनि फिर्ता भएका थिए ।

यस अघि गएको आइतबार पनि प्रभु् बैंकले सेवा दिन सकेको थिएन । उक्त बैंकले केन्द्रको निर्देशन अनुसार आईतवार बैंक खोल्न नसकिएको जानकारी दिएको थियो । सर्वसाधरणहरुले भने बैंक खुल्ने दिन जानकारी गराउनुपर्ने बताएका थिए । यस अघि बैंकका प्रतिनिधिका विच उपमहानगरमा जेठ २ गते हप्तामा ३ दिन बैंक खोल्ने सहमति भएको थियो । उपमहानगरले बैंकका कर्मचारीलाई आवतजावतका लागि प्रशासन संग पासको ब्यवस्था गरिएको जानकारी दिदै अर्को निर्णय नहुदा सम्मका लागि उक्त निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया