अस्पतालले भन्यो–काेराेना संक्रमित जीवितै छन्

 जेठ ०७, २०७७

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले गुल्मीबाट उपचारको लागि ल्याइएको कोरोना भाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको र उनकाे अवस्था गम्भीर रहेको जानकारी दिएको छ ।

क्रिमसनमा उपचाररत संक्रमितको विभिन्न सञ्चार माध्यमले मृत्यु भएको भनि समाचार प्रकाशित तथा प्रसारण गरेपछि अस्पतालले त्यसबारे स्पष्ट पारेको हो ।

तपाईंको प्रतिक्रिया