अाठविसकाेटमा टेक्टर दुर्घटना हुदा पाँच जना घाइते

 जेठ ०७, २०७७

हिरा परियार,रुकुम (पश्चिम), ७ जेठ ।

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । वडा नम्बर तिन झारमारे नजिकै बसेरामा ना ६ त ३१३९ नम्बरको ट्याक्टर आज बिहान साढे १० बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये तिन जनाको अवस्था अली जटिल रहेको र दुई जना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते भएकाहरु मध्ये वडा नम्बर ३ का २० वर्षीय सुकर विक, सोही वडाका ४० वर्षीय धन बहादुर विक र ४२ वर्षीय रण बहादुर परियारको अवस्था अली जटिल रहेको छ । यस्तै वडा नम्बर ११ सिमबजारका १६ वर्षीय सहचालक सञ्जु विक, वडा नम्बर तिनका राजु रसाइली सामान्य घाइते भएका छन ।
घाइते भएकाहरुलाई उपचारका लागी आठविसकोट नगर अस्पतालमा ल्याउने तयारी भैहरको प्रहरी निरिक्षक आचार्यले जानकारी दिनुभयो । वडा नम्बर ९ राडीबाट खाद्यान्न लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना भएको उहाँले बताउनुभयो । ट्याक्टरको ट्रालीमात्रै पल्टीएको बताइएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार घाइते भएकाहरु ट्राली पल्टीदा सडक बाट करिव २० मिटर तल पुगेका थिए ।।

तपाईंको प्रतिक्रिया