कालापोखरामा प्रहरी र युवाको सयुक्त गस्ती

 जेठ ०७, २०७७

अर्जुन परियार, हापुरे ,७ जेठ ।

दाङबाट काफल खान जानेहरुको बिगबिगी हुन थालेपछी सल्यान त्रीबेणी गाउँपालिकाका युवाहरुभले प्रहरी गस्तिलाई सहयोग गर्न सुरु गरेका छ्न । नेपालमा कोभिड १९ को संक्रमण तिब्ररुपमा बढिरहेको बेला सल्यानमा काफल खान जानेहरुको भिड लाग्न थाले पछि तेहाका स्थानीयहरु त्रशीत भैरहेका छन । सरकारले गरेको लकडाउनको अबज्ञा गर्दै दिनानु दिन सयौंको संख्यामा तेस क्षेत्रमा काफल खाने निहुमा जाने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

सरकारले विभिन्न जिल्ला प्रवेश गर्ने नाका सिल गरेको भए पनि पछिल्लो समय दाङका विभिन्न ठाउँबाट विभिन्न नाका हुँदै काफल खाने निहुमा हुलका हुल मान्छेहरु सल्यानमा प्रबेस गर्दा कोरोना प्रबेश गर्ने डर लागिरहेको स्थानीयहरुको गुनासो पछि ससत्र प्रहरी नायब निरीक्षक गोपाल बुढाको नेतृत्वमा ५ जना ससत्र प्रहरी र एक जना नेपाल प्रहरिले उक्त नाकामा कडाइ गर्न सुरु गरेको थियो । प्रहरीले कडाइ गर्दा पनि छलेर काफल खाने निहुमा सल्यानका विभिन्न बस्तिहरुमा मान्छेहरु जान थाले पछि स्थानीय युवा डिल्लिराज खड्काको नेतृत्वमा २५ जना युवाको समुहले प्रहरिको गस्तिलाइ सहयोग गर्न सुरु गरेको हो ।

दाङको बबई , शान्तिनगर गाउँपालिकाका विभिन्न नाका हुँदै सल्यानको त्रिबेणि गाउँपालिका प्रबेश गर्न खोज्नेलाई पहिलो पटक ६ घण्टा होल्ड गरेर फर्काउने गरिएको ससत्र प्रहरी नायब निरीक्षक बुढाले बताउनु भयो । उहाँका अनुसार काफल खान आउने हरुकालागि पहिलो पटक ६ घण्टा होल्ड गरेर फर्काइने दोस्रो पटक १२ घण्टा सम्म होल्ड गर्ने तेसपछी भने नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाईने बताइएको छ । ससत्र प्रहरीको टोलि कालापोखराको नाकामा बसेको भए पनि युवाहरूको टोलिले तृबेणी गाउँपालिका छिर्ने सबै नाकामा बसेर प्रहरीलाई सहयोग गरेको निरीक्षक बुढाको भनाइ छ ।

उहाँका अनुसार युवाहरुको टोलिले जुन नाकामा काफल खाने वा अन्य बाहानामा मान्छेहरुले समूह आवत जावत गरेको भेटाउछ हामिलाइ खबर गर्छ तेस पछि हाम्रो सल्लाह अनुसार ६ घण्टा होल्ड गरेर फर्काउने गरिएको छ । निरीक्षक बुढाले अनावश्यक रुपमा आवत जावत नगर्न पनि आग्रह गर्नु भएको छ ।।

तपाईंको प्रतिक्रिया