गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे

 जेठ ०८, २०७७

काठमाण्डौ – काठमाण्डौको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा ५ वटा गाई जलेर मरेका छन् । काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको र आगो लाग्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

 फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया