लकडाउनको समय थप गर्न समितिको सिफारिस

 बैशाख २४, २०७७

नोभल कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति लक डाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ। मंगलबार साँझ सम्पन्न बैठकले सरकारलाई कोही पनि नेपाली संक्रमण र मृत्यूको शिकार नबनोस भन्नका लागि संक्रमण नियन्त्रण र मृत्यूको संख्या शुन्यमै राख्न लकडाउन बढाउन सिफारिस गरेको समितिले जनाएको छ।

डेड महिनासम्म एउटै मोडालिटीको लकडाउनमा सिफारिस ठाउँ अनुसार हेरफेर गर्न सकिने समितिले जनाएको छ। लकडाउनमा कडाइ गर्न मात्र नभएर चेक जाँचको क्रम समेत द्रुत गतिमा अगाडी बढाउनु पर्ने समितिको सुझाव छ। समितिकको बैठक दिउँसो ४ बजो देखि वालुवाटारमा बसेको थियो । लक डाउनको समय २५ गते बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ।

तपाईंको प्रतिक्रिया