बाँके र कपिलवस्तु गरी ३ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ ०८, २०७७

तुलसीपुर ,८ जेठ ।

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईंको प्रतिक्रिया