साँसद केसीद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण

 जेठ ०९, २०७७


तुलसीपुर,९ जेठ ।

प्र्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेका छन । सांसद केसीले आज अग्रपंत्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेका हुन । कोरोनाको महामारीका संकटको बेलामा सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी बढी जोखिममा रहेकाले स्वास्थ्य सुरक्षा सामाग्रि वितरण गरेको सांसद केसीले बताउनुभयोे ।

सुरक्षित तवरले आफ्नो भुमिका निर्वाह गर्न उनले आग्रह समेत गरेका थिए । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आफ्नो व्यक्तिगत लगानीमा पिपिई, ग्लोब्स, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गर्नुभएको हो । तुलसीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय तुलसीपुर,टाफिक प्रहरी र तुलसीपुरमा रहेको एक दर्जन मिडिया लाई स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरिएके थियो ।

सो अवसरमा ईप्रका तुलसीपुरका डिएसपी हरीहरनाथा योगी,अकोर्यावका बरीष्ठ उपाध्यक्ष अर्जुन गिरी,शान्ती समाजका महासचिव शुसिल बस्नेत लगायतको सहभागिता थियो । रिर्पोटस क्लवमा आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रमको सहजिकरण क्लवका अध्यक्ष शरद रेग्मीले गरेका थिए । सांसद केसीले यस अघि पश्चिम क्षेत्रमा रहेका श्वास्थ्य संंस्थामा पिपिई लगायत श्वास्थ्य सुरक्षा सामग्रि हस्तान्तरण गरेको स्वकिय सचिव सन्तोष वलीले जानकारी दिनुभएको छ ।।

तपाईंको प्रतिक्रिया