कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

 जेठ १०, २०७७

काठमाडौं,१० जेठ।

शनिबार फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

तपाईंको प्रतिक्रिया