फेरी १९ जनाले कोरोना जिते,निको हुनेको संख्या ८९

 जेठ ११, २०७७

तुलसीपुर,११ जेठ ।

१९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हिजो साँझ वुटवलबाट १० जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् भने नारायणी अस्पतालबाट ९ जना निको भएर गएका हुन् । वुटवलबाट निको भएर फर्कनेहरू सबै कपिलवस्तुका बासिन्दा हुन् ।

दुई साताअघि अस्पताल भर्ना भएका उनीहरूको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्टमा लगातार कोरोना नभएको आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । नारायणी अस्पतालबाट डिस्चार्ज हुनेहरूमा पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

अब नारायणी अस्पतालमा ६२ जनाले उपचार गराइरहेका छन् । हालसम्म देशमा कोरोना भाइरस भएका ८९ जना निको भएर घर फर्किसकेका छन् । अस्ति शुक्रबार मात्रै बाँकेको खजुराको सुशील कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका थिए ।

तपाईंको प्रतिक्रिया