कृतिम तालमा डुवेर दाङमा एक युवकको ज्यान गयो

 जेठ ११, २०७७

तुलसीपुर,११ जेठ ।

दाङमा कृतिम तालमा डुवेर एक युवकको ज्यान गएको छ । घोराही उपमहानगरपलिका वडा नम्बर १७ गुलरियाको कृतिम तालमा डुबेर २३ वर्षीय विजय केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनी रोल्पाको रुण्टीगढि घर भई हाल घोराही १७ गुलरियामा भाडामा बस्दै आएका थिए । घटना स्थलमा प्रहरी पुगेको हुदा घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया