अझै उस्तै त्याे रुकुम…

 जेठ १२, २०७७

गाेलि बारुद बाेकेर क्रान्ति गरेकाे त्याे रुकुम,
१० वर्षे जनयुद्ध सफल पारेको त्याे रुकुम ।।
अझै त्यस्तै छन उस्तै छन मनमा कु-विचारहरु ।
गैति बेल्चा बाेकेर बाेटाे खनेकाे त्याे रुकुम ।।


हजारौं लाखौं सहिदहरुले रगत बगाएको त्याे रुकुम
समृद्ध नेपाल बनाउछाै भन्ने त्याे रुकुम ।।
अनि क्रान्ति जारी छ भन्ने ती राता मान्छेहरु,
अाज विचार र साेचले दरिद्र भएकाे त्याे रुकुम ।।

सभ्य समाज निर्माणमा हिडेकाे त्याे रुकुम ,
अन्याय र अत्याचार विरुद्ध लडनु छ भन्ने त्याे रुकुम ।।
अर्थ विहिन भएछ क्यारे त्याे लडाइँ अनि क्रान्ति,
ए साच्चि भेदभाव छुवाछूत नमेटिएकाे त्याे रुकुम ।।

  • सि.एम विश्वकर्मा , दाङ

तपाईंको प्रतिक्रिया