कृषिका समस्या सुन्न र उत्पादन प्रवर्धन गर्न ‘किसानको साथी’

 जेठ १३, २०७७

तुलसीपुर,१३ जेठ ।

प्रदेश नम्बर ५ का युवाहरुको समूह मिलेर किसानको साथी अभियान सुरु गरिएको छ । साझा अभियानका रुपमा जेठ ४ गते उक्त अभियान सुरु भएको अभियानका एक युवा अभय भण्डारीले जानकारी दिए । बन्दाबन्दिको समयमा स्थानीय कृषि उत्पादनको प्रवर्धनमा स्थानीय किसानहरुलाई संयोजन गर्ने अभियानको उद्देश्य रहेको भण्डारीले बताए ।

यसका साथै बिदेशी कृषि आयातमा रोक लगाउदै स्थानीय कृषक, नेपालमा रहेका युवा र बिदेशबाट फर्केका युवालाई संगठित गर्दै तथ्यको आधारमा किसानको समस्या र समाधानका संभावना पहिचान गर्दै कृषि क्षेत्रमा युवा रोजगार र युवा उद्यमशिलताको चेतना अभिवृद्धि गर्ने, कृषिमा रहेका समस्या र कृषि क्षेत्र सङ्ग सम्बन्धि कुनै पनि विचारलाई स्थानीय सरकार र प्रदेश सरकार समक्ष पुर्याउने छ ।

यो अभियानलाई दायित्व नेपाल नामक एक गैर सरकारि संस्थाले साथ दिएको छ । जुन सन् २०१३ बाट फेलोशिप कार्यक्रम सन्चालन गर्दै आएको अध्यक्ष डा. पुकार मल्ल बताए । प्रदेश नम्बर ५ का ७ वटा उपमहानगर,नगरपालिका तथा गाउपालिकाहरु तुल्सीपुर उपमहानगरपालिका र दंगिसरण गाउँपालिका (दाङ), तानसेन नगरपालिका (पाल्पा),तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपािका, बुटवल उमहानगरपालिकाका (रुपन्देही), तहलाई केन्द्रमा राखी किसान समूहहरु को समस्या पहिचान गर्ने मनसाय राखी उक्त अभियान सुरु भएको छ ।

यसका लागि आफ्नो समुदायमा रहेका कृषि सङ्गका केहि समस्याहरु भए फेसबुक पेज किसानको साथी र फोन नम्बर ९८४३२८७६३३ र ९८४४७५५०९९ मा सम्पर्क गर्न अभियानले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया