मकैमा फाैजि किराकाे प्रकाेप देखिएपछि पश्चिम दाङका किसान चिन्तित

 जेठ १३, २०७७


सुहाना लामा, हापुुुुरेे, १३ जेेेठ

देशका अधिकांश क्षेत्रमा लगाईएको मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले अझ विस्तार भएको छ ।
केही जिल्लामा देखिएको यो रोग दाङको शान्तीनगर गाउपालिकावाडा नं ५ मा समेत देखिएको छ । मकैको गुबोमा लाग्ने फौजी किराले बोट नै सुकाइदिने गरेको छ । मकैबालीमा दुई खाले किरा देखिएको र यसअघि आफुहरुले यस्तो किरा नदेखेको शान्तीनगर ५ रगैजा इन्द्र कुमारि चौधरिले बताउनुभयो । यस बर्ष मा रगैजामा फौजी किराले धेरै जमिनमा लगाएको मकैबाली नष्ट गरेको छ ।

फौजीको प्रकोप २०७७ सालदेखि शान्तीनगर गाउपालिकामा पनि देखा परेको हो । गोड्ने बेलाको मकैका बोट किराले ठुटै पारेपछि किसानहरु चिन्तित भएका छन् । शान्तीनगर गाउपालिका रगैजा निवासी प्रेम चौधरिले मकै खेति नभए भविष्यमा भोकमारी समस्या देखिन सक्ने बताउनुहुन्छ । यसैबीच फौजी किरा नियन्त्रणका लागि शान्तीनगर गाउपालिकाले निःशुल्क रुपमा विषादी वितरण गरेकोे छ ।

शान्तीनगर गाउपालिका कृर्षी शाखाको आयोजनामा शान्तीनगर गाउपालिकाका कीसान लाई विषाधि छर्कने ट्ङकी र बिषदि शान्तीनगरका किसानहरुलाई बितरण गरियको शान्तीनगर गाउपालिका ५ का वाडा अध्यक्ष गिरिराज बस्नेत ले जानकारि दिनुभयो । प्रत्यक वाडा को टोलका किसानहरुलाई बिषादि छर्कने १० थान ट्याङकी र ३१ पोका बिषदि औषधि बितरण गरियको छ ।

तपाईंको प्रतिक्रिया