नयाँ मुहान खाेज्दै तकियापुर खानेपानी

 जेठ १३, २०७७

तुलसीपुर , १३ जेठ ।

तुलसीपुर २ मा रहेकाे तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले नया मुहानको खोजी गरेको छ । भमके खोलाको सिरकट्टीमा रहेको मुहानबाट उपभोक्तालाई पानी पु¥याउन नसकेपछि उपभोक्ता समितिले सिमलबोटमा रहेको नया खानेपानी मुहानलाई बैकल्पीक मुहानका रुपमा प्रयोग गर्न लागेको समितिका अध्यक्ष मोहन डाँगीले जानकारी दिए ।

बषौं पहिल्यदेखि प्रयोगमा आएको सिरकट्टीको मुहान एकातिर सुक्दै जाने र अर्को तर्फ जनसंख्याको चाप बढ्दै जाँदा समस्या भएपछि वैकल्पीक मुहानको खोजी गरेको अध्यक्ष डाँगीले जानकारी दिए । उपभोक्ता समितिले नया मुहान संचालनका लागि वडा, नगर, प्रदेश र संघिय सरकारलाई आवश्यक बजेटका लागि अनुरोध गर्ने जनाएकाा छन । यो मुहान संचालनमा आएमा थप दुई सय घरधुरीलाई पु¥याउन सकिने छ ।

सिरकट्टि मुहानबाट अहिले ३ सय ६० जनालाई मुस्कीलले पानी उपलब्ध गराएको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष डाँगीको नेतृत्वमा उपभोक्ता समिति र जनप्रतिनिधी नया मुहानको अवलोकनमा गएको थियो ।

तपाईंको प्रतिक्रिया