भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो

 जेठ १४, २०७७

काठमाडौं , १४ जेठ

 छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७७ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण फैलिने क्रम नरोकिएपछि मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

तपाईंको प्रतिक्रिया