सरुवा रोग बिरद्धको औषधि बितरण

 जेठ १४, २०७७

सुहाना लामा, हापुरे, १४ जेठ ।

शान्तिनगर गाउपालिका वडा नं ५ का किसानहरुलाई पशुपोषण कार्यक्रम अनुसार परजिवि विरुद्धको औषधि वितरण गरिएको छ । शान्तीनगर गाउपालिका वडा न ५ को आयोजना तथा शान्तीनगर गाउपालिका कृषि शाखाको प्राविधिक सहयोगमा वाडा नं ५ का किसानाहरु लाई औषधि बितरण गरियको वडा कार्यलयले जनाएको छ ।
पशुपोषण सुधार गर्न आन्तरिक तथा बाह्य परजिबि बिरद्धको औषधि पसुपोषण सुधार गर्न मिनिरल को प्याकेजका साथै कुखुराको लागि सरुवा रोग बिरद्धको औषधि बितरण गरिएको हो ।
पसुपन्क्षीमा नलागे पनि रोग लाग्न भन्दा पहिलेनै सावधानी अपनाउदा समस्या नह’ने भएकाले औषधि वितरण गरिएको हो ।

शान्तीनगर गाउपालिका वडा नं ५ का वडा अध्यक्ष गिरिाज बस्नेत को अध्यक्षतामा भएको औषधि बितरण कार्यक्रममा आन्तरिक तथा बाह्य परजिबि बिरद्धको औषधि २ हजार ४ सय ९० भेडा बाख्रा तथा हजार ३ सय ७२ गाई भैसिलाई यो औषधि वितरण हामा्र सहकर्मी सुरक्षा चौधरीलले जानकारी दिनु भएको छ ।

तपाईंको प्रतिक्रिया