अब नामको पछाडि ‘नेपाली’

 जेठ १५, २०७७

तुलसीपुर, १५ जेठ ।

आजको युगमा पनि मान्छे र मान्छे बिच गरिने भेदभाव वा छुवाछूत हुनु भनेकै नामको पछाडि अनेकौं जातले भरिएको हुनाले यी खाडलहरु पुर्न अत्यन्तै गार्‍हो भएको महशुस भएको छ।
वास्तवमा भन्नू पर्दा पुर्खाहरुले मान्छेको आधारमा विभिन्न जात तोकेता पनि अबका दिन देखि देशका हरेक नागरिकको नाम पछाडि नेपाली जात लेख्नु अहिलेको आवश्यक्ता रहेको म ठान्दछु । नेपाल विभिन्न आन्दोलन पश्चात् २१ औं शताब्दी सम्म आउदा पनि भेदभाव वा छुवाछूतको कहिल्यै पनि समाप्त हुन सकेन ।

ईतिहास हेर्दा नेपालका हरेक आन्न्दोलन वा परिवर्तनहरु ल्याउन नेपाली दलित समुदायको अहम भुमिका र सक्रियताका साथ यहाँ सम्म नेपाल आईपुगेको यर्थात रहेको छ । चाहे पन्चायत फाल्ने कुरा होस, देशमा लोकतन्त्र या गणतन्त्र भित्र्याउने कुरा होस यी सबै खाले परिवर्तनमा दलितहरुको महत्त्वपूर्ण भुमिका रहेको हामीले सहजै बुझ्न सक्छौ ।

देशमा शासन गर्ने शासकहरु फेरिए,थुप्रै सरकारहरु फेरबदल भैदिए, विभिन्न राजनीतिक दलहरुले सत्ता हाके र हाल देश संघियतामा हिडिरहेको बखतमा पनि नेपाली समाज परिवर्तन भैदिएन र विचार वा सोच कहिल्यै पनि फेरिएन । हामी सबै कुराहरु भुल्यौ, त्याग्यौ पनि, अह उहीँ सस्कार, उहीँ मानसिकता कहिल्यै पनि भुल्न नसक्नु लज्जास्पद भएको अनुभुती भएको छ । कामीले दमाईलाई, दमाईले सार्कीलाई, सार्कीले बादिलाई सँगसँगै बाहुन र क्षेत्री बिच पनि जुन खाले विभेद छ यी सबै विभेद मानव जातिका लागि अर्थात राष्ट्रका निम्ति अति घातक रहेको छ ।

नेपालको इतिहासमा यी विभेद मध्ये बाहुन, क्षेत्रीले कामी, दमाई, सार्की माथि गर्ने विभेद वा दृष्टिकोण अलि फरक छ । देशमा हरेक वर्ष दलितहरु कुटिएका छन, मारिएका छन । यातना पीडाहरु अति दिईएको छ । यो कहिले सम्म ? स्वतन्त्र रुपले सम्मान पुर्वक बाच्न पाउनु पर्ने हरेक नागरिकको अधिकार हो र त्यहि अधिकार सहज रुपले उपभोग पाउनु नै मानव अधिकार हो । मानव अधिकार दृष्टिले सबै वर्ग, समुदाय, जातजाती , लिङ्ग र वर्णका मानिसहरु सम्मान हुन्छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले पनि प्रत्येक व्यक्तिलाई कुनै पनि किसिमले वर्ण, वर्ग, लिङ्ग , भाषा, जाति, धर्म र राजनीतिक वा अन्य विचार धाराको आधारमा राष्ट्रिय, सामाजिक उत्पत्ति , सम्पत्ति , जन्म वा अन्य कुनै हैसियत जस्ता आधारमा कुनै किसिमका भेदभाव गर्न नहुने मान्यतालाई स्वीकार गरेको छ । नेपाल सयुंक्त राष्ट्र संघको सदस्य राष्ट्र भएकाले यस प्रवाधानलाई कार्यनयन गर्नु गराउनु दायित्व हो भने उपभोग गर्न पाउनु नागरिकको अधिकार हो तर नेपाली समाजमा यो विरलै देख्न पाईन्छ । झन नेपाली समाजमा हेर्ने हो भने मानव अधिकार प्राप्त गर्नबाट वञ्चित भएका छन ।

त्यसैमा पनि दलित समुदायहरु गरीबी, अशिक्षित , बेरोजगारी र राज्यका निकायमा न्यून सहभागी र पहुँचको अभाव लगायतका समस्या भोग्न बाध्य भएका छन । त्यसमाथि जातिय आधारमा हुने विभेदबाट झनै कमजोर र पछाडि परेको यथार्थ रहेको छ । वि.स. २०२० सालको मुलुकी ऐनमा नै जातीय विभेद विरुद्ध व्यवस्था गरिएको थियो । त्यसपछि विस २०६८ साल जेठ १० गते व्यवस्थापिका संसदबाट पारित गरि जेठकै १८ गतेबाट जातीय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन लागू गरेको थियोे । त्यस्तै २०२० सालको मुलुकी ऐनलाई विस्थापित गर्दै ल्याईएको मुलुकी अपराध९संहिता० ऐन, २०७४ को दफा १६० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धि कसुरको व्यवस्था गरिएको छ ।

यदि कसैले जातजाति , लिङ्ग , शारीरिक अवस्था वा यस्तै कुनै आधारमा कुनै पनि नागरिक माथि जानि जानि विभेदपुर्ण रुपले गरेमा वा गराईकोमा ३ वर्ष सम्म कैद हुने भनी उल्लेख गरिएको छ । विभिन्न समयमा विभिन्न नियम कानुन निर्माण भएता पनि यसको कार्यनयन अवस्था भने कमजोर भएको छ । विस २०५८ सालमा नेपाल सरकारबाट राष्ट्रिय दलित आयोगको स्थापना नभएको पनि होईन । पछिल्लो समयमा दलितका अगुवाहरु राजनीति हिसाबले वा सरकार र सत्तामा नपुगेको पनि होईन। तर भने समाजमा ती कुविचारहरु, ती दृष्टिकोणहरु कहिल्यै पनि समाप्त हुन सकेन ।

नेपालको संविधानको किताबमा थुप्रै कानुन, नियम बनेता पनि जातीय विभेद तथा छुवाछूत नहुनाले समाज र राष्ट्रलाई प्रदुषित पारेको छ । विभिन्न समय समयमा दलित माथि अन्याय र अत्याचार गरिएको छ । विस २०६८ साल (कालिकोट) मानविरे सुनार चुलो छाएको निहुमा मारिएका छन भने विस २०६८ मै शिवशंकर दास (सप्तरी), सेते दमाई (दैलेख) अन्तरजातीय विवाह गर्दा मारिएका छन । वि.स. २०७० मा झुमा विक (ताप्लेजुङ) , संगीता परियार (तनहुँ) अन्तरजातीय प्रेम गर्दा मारिएका छन । वि.स. २०७१ मा राजेश नेपाली (पर्वत) छुवाछूतको निहुँमा , विस २०७३ मै अस्मिता सार्की (झापा) अन्तरजातीय प्रेम गर्दा,लक्ष्मी परियार (काभ्रे) बोक्सीको आरोपमा कुटपिट गरि हत्या गरिएको छ भने अजित मिजार (काभ्रे) अन्तरजातीय विवाह पछि हत्या गरिएको छ ।

त्यसैगरी विस २०७५ मै श्रेया सुनार (कास्की) बलात्कारपछि हत्या, मना सार्की (कालिकोट) अछुत भन्दै कुटपिट गरि हत्या, रुपमति कुमारी दास (मोरङ) अपहरण गरेर बलात्कारपछि हत्या,दितिया रेष्मा रसाइली (धनुषा) बलात्कारपछि हत्या, माया वि.क (कैलाली) बलात्कारपछि हत्या भएको छ । वि.स. २०७७ मा अंगिरा पासी (रुपन्देही) बलात्कारपछि हत्या, वि.स. २०७७ मै नवराज विक (जाजरकोट) अन्तरजातीय प्रेम गरि विवाह गर्दा उनी र उनका साथी टिकाराम नेपाली लगायत अन्य साथीहरूलाई १ र२ सय जनाले घेराबन्दी गरि चारी चारी कुटपिट गरि हत्या गरिएको छ ।

यो उदाहरण मात्रै हो नेपालमा यस्ता कैयौं घटनाहरु छन दलितहरु विभिन्न बाहानामा मारिएका छन भने दलितहरु कुनै न कुनै निहुँमा कुटिएका छन । अब राष्ट्रलाई समृद्ध तिर लग्नु छ , सबै नेपाली एकजुट भैई आफ्नो देशको सिमानाको रक्षा गर्नु छ । आफुलाई ठुलो जात भनौदाहरुलाई म प्रश्न गर्न चाहान्छु अब कहिलेसम्म यस्ता हर्कतहरु गर्ने रु यो त अति भएन र ? अब अन्त्य गरिदेऊ ति हर्कतहरु । समाप्त पारिदेऊ ती कु(विचारहरु । कमसेकम ‘सयौ थुङ्गा फुलका हामी, एउटै माला नेपाली’ छाती चौडा पारेर भन्ने दिनहरु ल्याउन सहयोग गरौं ।

तपाईंको प्रतिक्रिया