शान्ती समाजद्धारा रुकुम घटनाको विरोध

 जेठ १५, २०७७

तुलसीपुर, १५ जेठ ।
मानव अधिकार तथा शान्ति समाज दाङले रुकुम पश्चिममा नवराज विश्वकर्मा सहति ५ जनाको ज्यान जानेगरि भएको जातिय विभेद घटना विरुद्धमा विरोध गरेको छ । तुलसीपुरको बीपी चेकमा आयोजना गरेका विरोध कार्यक्रममा बोल्ने बक्ताहरुले घटनाको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गरि दोषिलाई कार्बाहीको माग गरेका थिए ।

शान्ती समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय महासचिव शुसिल बस्नेतले उक्त घटनालाई तोडमोड नगरी दोसीलाई कारवाहि गर्नुपर्ने बताएका थिए । उनले जातीय भेदभाव र छुवाछत गर्नेलाई संविधान र कानुन बमोजिम कार्वाहीको माग गरेका थिए ।

बस्नेतले मानवअधिकार तथा शान्ती समाज जहिले पनि न्यायको पक्षमा रहेको भन्दै यस आन्दोलनलाई पनि साथ दिने बताएका थिए । कार्यक्रममा शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धितालले यस घटनालाई राजनिति रंग नदियर कानुन हातमा लिने जोकोहिलाई पनि कडा कारवाहिको माग गरेका थिए ।

कार्यक्रममा दलित अधिकारी कर्मी तथा शान्ति समाज दाङका पूर्व सभापति निर्मल नेपाली, महिला नेतृ युवा करारा, पत्रकार बालाराम खड्का लगायतले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कार्बाहीको माग गरेका थिए । उनीहरुले छुवाछुत अत्यभएको घोषणा संगै जातिय विभेद सम्वन्धी कानुनहरु बनेपनि कार्यान्वयन हुन नसकेको बताएका थिए । कार्यक्रमको सहजिकरण सचिव निर्मला डिसीले गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया