सल्यानमा पहिलो पटक २५ जनामा काेराेना देखियाे

 जेठ १८, २०७७

सल्यान,१८ जेठ ।
सल्यानमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेशको श्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

कोरोना संक्रमितहरू मध्ये वनगाड कुपिण्डे १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । उनिहरु सवै भारतबाट आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिएका छन । यस बारेमा थप जानकारी आउन बाँकि रहेको उनले जनमुखी खबरलाई बताएका छन ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया