राप्ती नदीमा डोजर चल्यो, स्थानीय र ठेकेदार पक्ष बिच भयो झडप

 जेठ १८, २०७७

ओम प्रकाश गुप्ता,देउखुरी , १८ जेठ ।
दाङको देउखुरीमा शनिबार राप्ती नदीमा डोजरहरु प्रयोग गरी अबैधानीक ढंगले दोहन गरेको भन्दै स्थानीयहरू र ठेकेदार पक्ष बिच झडप भएको छ । गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रको राप्ती नदीमा स्काभेटर प्रयोग गरी अत्यन्तै गहिरा खाडल खनेर नदिको धारनै बदल्ने गरी दोहन गर्न थालेपछि गढवा गाउँपालिका अन्तर्गतका हात्तीढुंगा, टहंडा, धोद्रेखोला , कालाकाटे,जुरौनी,मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ,पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीहरुबाट झण्डै ७ सय जना भन्दा बढी सर्वसाधरण हरुले नारा जुलुस गर्दै नदिबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झन्डै १०० बढी ब्यक्तीहरुले ठुला ठुला लाठीमा काँटी ठोकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेको थियोे ।

केही समय दुबै पक्ष बिच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले आफ्ना स्काभेटर र टिप्पर हटाएका थिए । दाङ देउखुरीको राप्ती नदीमा स्थानीयतहहरुले नियम ,कानुनको उलंघन गर्दै स्काभेटर प्रयोग गरी ३ , ४ मिटर गहिराइका खाडलहरु बनाई ठुलो मात्रामा नदिजन्य पदार्थ उत्खनन गरि ट्रिप्परद्वारा नजिकका क्रसर ब्यबसायीहरु सम्म पुरयाएको अवस्थामा देउखुरी स्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो आन्दोलित हुने गरेका छन् ।


गत बर्षहरुमा दर्जनौं डोजरहरु प्रयोग गरी जहाँतही अबैधानीक ढंगले दोहन हुँदा यस बर्ष राप्ती नदी भालुबाङको पुल नजिक ३ मिटर सम्म गहिरिएपछि प्रगन्ना सिंचाइ आयोजनाका १,२ र ३ नम्बर इन्टेकमा नहरको सतह माथी हुन गई पानी नचढने अवस्था आएपछि स्थानीय आन्दोलित हुँदै आएका हुन् । केहि दिन पहिले स्थानीयहरूको एक बृहत भेलाले राप्ती नदी संरक्षणका लागि टोपबहादुर कार्की अध्यक्ष र होमप्रसाद शर्मा सचिव रहेको ६१ सदस्यीय राप्ती नदी बचाउ तथा संरक्षण समिती गठन गरेको थियो ।

तपाईंको प्रतिक्रिया