रुकुम घटनाको विरोधमा रोल्पाका दलित अधिकारकर्मी

 जेठ १८, २०७७


तुलसीपुर,१८ जेठ ।

रुकुम पश्चिमको चौरजहारि नगरपालीका वडा नम्बर ८ सोतीमा भएको घटनाको सर्वत्र विरोध भैरहेको छ । यसैक्रममा आज रोल्पाका दलित अधिकारकर्मी , , नागरिक समाज सहितको टोलिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । घटनाको सत्य तथ्य पत्ता लगाई दोषिलाई कारवाहीको माग गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन ।

जातिय विभेदका कारण नवराज विक सहित ५ जनाको ज्यान जाने गरि भएको उक्त घटनालाई राजनितिकरण नगर्न उनिहरुले अनुरोध गरेका छन । ज्ञापन पत्र बुझाउनुका साथै कोण सभाको समेत आयोजना गरिएको दलित अधिकारकर्मि भरत नेपालीले जानकारी दिएका छन । जेठ १० गते भएको उक्त घटनामा अझै एक जना बेपत्ता छन ।

तपाईंको प्रतिक्रिया