भुज हत्याका अभियुक्त सार्वजनिक

 जेठ १८, २०७७

तुलसीपुर,१८ जेठ ।
तुलसीपुरमा मृत भेटिएका मन्दिप भुजको हत्यामा संलग्न ४ जनालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सन्चालक २८ बर्षिय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलनमा जेठ १६ गते शुक्रवार राती अटोभिलेज नजिकै रहेको चौधरी होटेलमा साथीहरु संगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुदा उनको शाथीहरुले नै हत्या गरेको बताएका छन् । उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोहि वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओम बहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा नम्वर घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो ।

होटेलमा संगै बसेर मापसे गरी त्यहाबाट निस्किएको र बाटोमा विवाद हुदा तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि लगेर हत्या गरेको प्रहरीको भनाई छ । उनीहरुले मापसे गरी लागु औषध समेत सेवन गरेको पाईएको छ । लागु औषध दुव्र्यसनीकै विषयमा एक अर्का विच भनाभन हुदा विवाद भएको हो ।

तपाईंको प्रतिक्रिया