नेपालमा संक्रमितको संख्या ३२०० नाघ्यो, ज्यान जानेको संख्या १३ पुग्यो

 जेठ २४, २०७७

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरूको संख्या पनि १३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया